दाहाल – नेपाल समूहको बैठक सकियो

दाहाल – नेपाल समूहको बैठक सकियो

स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको एकलौटी निर्णय विधिसम्मत नभएको ठहर

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ , १३ साउन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा बसेको बैठक सकिएको स्रोतले जानएको छ ।
स्रोतका अनुसार दुई जना आमन्त्रित सदस्य र २९ जना स्थायी समिति सदस्य सहभागी बैठकले आज बिहानको लागि भनिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि अनुरुप नभएको जनाएको छ ।
यस्तै दाहाल नेपालको बैठकले अर्को स्थायी कमिटीको बैठक जरुरी रहेको भन्दै यसका दाहालले ओलीसँग बैठक मिति तय गर्न छलफल गर्नुपर्ने बैठकको निर्णय रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा पार्टीको सल्लाहकार परिषद्का अध्यक्ष तथा अनुशासन कमिटीका अध्यक्ष अमृत बोहोरा पनि सहभागी थिए ।
सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी कमिटी सदस्यहरु लेखराज भट्ट र मणि थापा बैठकमा सहभागी थिएनन् ।
बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष दाहालले बैठकअघि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे बैठकमा बताएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ