साउन १३ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले ६ बुदे प्रस्ताव अघि सारेका छन् ।
मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म पार्टी अध्यक्ष र वाँकी अवधीभरका लागि प्रधानमन्त्रीकै जिम्मेवारीमा रहन प्रस्ताव गरेका छन् ।
साथै उनले महाधिवेशनसम्म पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी प्रदान गर्न पनि प्रस्ताव गरेका छन् ।
पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमले सुझाएका छन् ।
उनले अब देखि पार्टी कमिटिको बैठक सरकारी निवास वालुवाटारमा नराख्न पनि प्रस्ताव पेश गरेका छन् ।
