अपडेटः प्रचण्डको नेतृत्वमा बालुवाटारमा शुरु भयो नेकपा स्थायी समितिको बैठक, ओली आउनै मानेनन्

अपडेटः प्रचण्डको नेतृत्वमा बालुवाटारमा शुरु भयो नेकपा स्थायी समितिको बैठक, ओली आउनै मानेनन्

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

साउन १३ काठमाण्डौं । बिहान एकतर्फी रुपमा स्थायी समितिको बैठक स्थगितको हल्ला चलाएको भन्दै प्रचण्ड र झलनाथ खनालले भेटेर बैठक बसौ भने पनि अध्यक्ष ओली आउन नमाने पछि प्रचण्डको नेतृत्वमा बालुवाटारमै बैठक शुरु भएको छ ।
नेताहरु बालुवाटार पुग्नु अघि नै प्रधानमन्त्री ओलीका तर्फबाट बैठक स्थगनको सन्देश फैलिएको थियो ।
त्यस पछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितका नेताहरु बालुवाटार पुगेर बैठक राख्न दबाब दिएका थिए ।
बैठक कक्षमा नेताहरु कुरेर बसे पनि ओली नआए पछि प्रचण्ड र झलनाथ खनाल ओलीलाई भेट्न गएका थिए ।
त्यस छलफलमा पनि सहमति नभए पछि र ओली आउन नमाने पछि प्रचण्डकै अध्यक्षतामा स्थायी समितिको बैठक शुरु भएको र यस अघि घोािषत नियमित एजेण्डामा छलफल शुरु भएको स्रोतले बताएको छ ।

असार १० गते शुरु भएको स्थायी समितिको बैठक पटक पटक आन्तरीक विवादका कारण स्थगित हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ