साउन १३ काठमाण्डौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्ड , माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहित अन्य स्थायी समिति सदस्य बालुवटारमा जम्मा भएका छन् ।
स्रोतका अनुसार प्रचण्ड सहितका नेताहरु बैठक एकल रुपले स्थगित गरेको र त्यो मान्य नहुने भन्दै अध्यक्ष ओलीलाई बोलाईरहेका छन् । तर ओली बालुवाटारमै रहे पनि बैठक स्थलमा आएका छैनन् ।
प्रचण्ड माधव पक्षले बैठक स्थगित नभएको भन्दै बैठक कक्षमा भेला भएर बसिरहेका छन् । तर बैठक प्रचण्डले अघि बढाएका भने छैनन् । अब ओली नआएमा कसरी जाने भन्ने अनौपचारीक खालको सल्लाह भईरहेको स्रोतको दाबी छ । असार १० गतेदेखि शुरु भएको नेकपाको स्थायी समितिको बैठक पटक पटक स्थगित हुदै आज बिहान ११ बजेका लागि बोलाईएको थियो । तर अर्का अध्यक्ष प्रचण्डसगँ सल्लाह नै नगरी एकल रुपले स्थगित गरिएको भन्दै अन्य नेता थप असन्तुष्ट बनेका छन् ।बैठक स्थलमा पुगेका एक नेताले स्थगित गर्दा पनि दुई अध्यक्षको सहमति चाहिने भएकाले एकल रुपले स्थगित भएको भन्दै त्यसलाई मान्न तयार नभएको बताए ।