साउन १३ काठमाण्डौं । पटक पटक स्थगित हुदै आएको नेकपा स्थायी समितिको बैठक फेरी पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज ११ बजेका लागि बोलाईएको बैठकमा नेताहरु भेला हुन नपाउदै स्थगित भनिएको थियो ।
असार १० गते सुरु भएको नेकपा स्थायी समितिको बैठक १८ गतेपछि पुन सुचारु नहुँदै अनिश्चित समयका लागि स्थगित भएको हो । २० गतेका लागि तोकिएको बैठक त्यसपछि २२ गते, २४ गते, २६ गते हुँदै साउन २ गतेका लागि सारिएको थियो । त्यसपछि साउन ४ हुँदै ६ गतेका लागि सारिएकोमा ६ गते बिहानको ११ बजेको बैठक सारेर १ बजेका लागि तोकिएको थियो । ६ गते एकैछिन बसेर १३ गते सम्मका लागि पुनः बैठक सरेको थियो ।
स्थायी समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने छलफल गरेमा प्रचण्ड माधव नेपाल सहितका नेता बालुवाटार हिड्नै लाग्दा बैठक स्थगित भएको स्रोतले बताएको छ ।
प्रचण्ड र ओलीबीच कुराकानी हुने भनिए पनि फोनमा मात्रै कुरा भएको बताईएको छ ।