नेकपाको आजको स्थायी समिति बैठक अन्यौलमा : ओली सार्ने तयारीमा, प्रचण्ड माधव नरोक्ने पक्षमा

नेकपाको आजको स्थायी समिति बैठक अन्यौलमा : ओली सार्ने तयारीमा, प्रचण्ड माधव नरोक्ने पक्षमा

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

साउन १३ काठमाण्डौ । सत्तारुढ नेकपाको अन्तरविरोधको ठूलो केन्द्र बनिरहेको स्थायी समितिको बैठक एक महिना भन्दा लामो समयदेखि बस्दै रोकिदै आएको छ । यस अघि रोकिएको बैठक आजका लागि बोलाईएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक अझै अन्यौल नै रहेको स्रोत बताउछ ।
पार्टी भित्र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितका बहुमत सदस्यले राजीनामा मागे पछि ओली कतिपय बैठकमा उपस्थित नै भएका छैनन् ।
आज पनि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नै बस्ने भनिएको बैठक सार्न अध्यक्ष ओलीले तयारी गरेको तर प्रचण्ड माधव नेपाल सहितका अन्य नेताहरु बैठक गर्नु पर्ने पक्षमा रहेका छन् ।
ओली आफ्नो अडानमा यथावत रहे पछि बहुमतका आधारमा अघि बढ्ने प्रचण्ड माधव पक्षले तयारी गरे पछि आजको बैठक पनि रोकाउन ओली लागि परेको स्रोतले बताएको छ ।
असार १० मा शुरु भएको बैठकमा एका एक प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र आफ्नै पार्टीका नेताहरु लागि परेको आरोप लगाए पछि अन्य नेताले राजीनामा मागेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ