नेपाली भूमि कालापानी लिम्पियाधुरामा नेपालीलाई नै प्रवेश दिएन भारतले

नेपाली भूमि कालापानी लिम्पियाधुरामा नेपालीलाई नै प्रवेश दिएन भारतले

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, साउन १२ । भारतले नेपालको भूमि कालापानी, लिम्पियाधुरा सहितका अन्य केही क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश भन्दै रोक्न नेपालको जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्राचार गरेको पाईएको छ ।

विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले त्यस्त गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरिएको छ ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरे पछि भारतले नेपालसगँ वार्ता गर्न कुनै चासो दिएको छैन ।

भारतले सन् १९६२ मा चीनसगँको युद्ध पछि कब्जा गरेको कालापानी, लिम्पियाधुरा सहितको क्षेत्रमा अहिले सडकनै मानसरोबर जोड्न खने पछि र नक्सा आफ्नो देशमा पारे पछि नेपालले बिरोध गर्दै आएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको बताए ।

नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही नेपालीहरुको चहल पहल बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ