काठमाडौँ साउन १२ । नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या बृद्धि हुदै गएको छ । आज शिक्षण अस्पताल महाराजगञ्जमा बाराका एक पुरुषको कोरोनाले ज्यान लिएको छ ।
आजै मात्र शिक्षण अस्पतालमा बाराका एक जनाको ज्यान गएको छ । बारा जिल्ला फेटा गाँउपालिका वडा नं ३ निवासी ६० बर्षे पुरुषको मृत्यु भएको हो । उनी निमोनिया, मष्तिष्क घात तथा मृगौला सम्बन्धि रोगी रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
यस्तै बीरगञ्ज र जनकपुरमा गरी थप दुई जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले पुष्टी गरेको छ । बीरगञ्जमा एक जना ६५ बर्षीय भारतीय व्यापारी र जनकपुरमा ३८ बर्षीय युवाको कोरोनाले ज्यान लिएको डा. गौतमले बताए ।
ती भारतीय व्यापारीको गण्डक कोरोना अस्पतालमा आईतबार मृत्यु भएको थियो । उनी मुुटु तथा मधुमेहका रोगी थिए ।
यस्तै धनुषा शहीद नगर नगरपालिकाका वाड नं ८ डुमरियाका ३६ बर्षे युवाको साउन १० गते जनकपुरको प्रादेशिक अस्पतालबाट धरान लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । उनी ज्वरो र स्वास प्रस्वासमा समस्या भए पछि अस्पताल आएका थिए ।
यो सगैँ नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।