साउन १२ काठमाण्डौं । नेपालमा कोरोना संक्रमण मुक्त हुने क्रम आज फेरी बढेको छ । आज एकै दिन ६ सय २६ जनाले कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ हाल सम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ७ सय ५४ जना पुगेका छन् ।
अहिले सम्म ७३.३५ प्रतिशत संक्रमितले कोरोना जीतेको डा. गौतमले जानकारी दिए ।
नेपालका अधिकाश ंसक्रमितमा लक्षण नदेखिएकाले छिट्टै निको हुने गरेको देखिएको छ । अब आईसोलेसनमा ४ हजार ९ सय ५० मात्र रहेका छन् । देशभरका आईसोलेसनमा संक्रमितको चाप घटेको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline