साउन १२ काठमाण्डौं । सर्वोच्च अदालतले समाजवादी पार्टीकी पूर्व सांसद सरीता गिरीले दायर गरेको रिटमा सर्बोच्च अदालतले अन्तरीम आदेश दिन अस्वीकार गरे पछि उनले सांसदमा सहने बाटो सबै समाप्त भएको छ ।
त्यस्तो आदेश दिएको भोलीपल्टै आज गिरीको रिक्त स्थानमा जनता समाजवादी पार्टीको सिफारीसमा लिला सिटौला सांसद भएकी छन् । उनी सूचीमा सरीता गिरी भन्दा पछाडी थिईन् ।
नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नयाँ नक्सा संसोधन गर्ने बिषयमा संसदमा दर्ता भएको संविधान शसोधनको प्रस्ताव बिरुद्ध शसोधन हालेकी गिरीले पार्टीले दिएको ह्वीप विपरीत आफ्नो प्रस्ताव फिर्ता लिन दिएको निर्देशन र ह्वीप नमानेका कारण गिरी कार्बाहीमा परेकी थिईन् । उनलाई सांसद र पार्टी दुबैबाट पार्टीले निष्कासन गरेको थियो ।
अहिले सांसद बनेकी सिटौला ललितपुरकी हुन् ।
गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।