प्रचण्ड खुमलटारमा, प्रधानमन्त्री बालुवाटारमा आ-आफ्नै रणनीति तय गर्दै

प्रचण्ड खुमलटारमा, प्रधानमन्त्री बालुवाटारमा आ-आफ्नै रणनीति तय गर्दै

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

साउन १२ काठमाण्डौं । नेकपा भित्र असार दोस्रो साताबाट शुरु भएको बिबाद अझै समाधान हुन नसके पछि प्रचण्ड र ओली पक्षले आ आफ्नै रणनीति बनाउन व्यस्त भएका छन् ।
भोली बिहान ११ बजेका लागि बोलाईएको स्थायी समितिको बैठक बस्नु अघि दुबै पक्ष आ आफ्नै रणनीतिमा लागेका छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री र नेतासगँ अलग अलग परामर्श गरीरहेका छन् भने खुमलटारमा प्रचण्ड माधव नेपाल सहितका नेताहरुले अलग्गै छलफल गरीरहेको स्रोतले जनाएको छ ।
सहमतिका लागि अझै प्रयास जारी राख्ने र नभए अब पार्टी कमिटिको बहुमतका आधारमा निर्णय गर्ने गरी अघि बढ्ने तयारी प्रचण्डले शुरु गरेको उनी निकट स्रोतले जनाएको छ ।
यस्तै ओलीले बरु पार्टी फुटे फुटोस् तर प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने अडान यथावत राखेका छन् ।
असार १० मा शुरु भएको स्थायी समितिको बैठकमा अझै सहमति हुन नसकेको राजीनामा र पार्टी विधि पद्धतिको बिषयमा कुरा नमिल्दा पार्टी विभाजनको चिन्ता पनि बढ्न थालेको छ ।
ओली पक्षीय कार्यकर्ताहरु सडकमै नाराबाजीमा उत्रिदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ