साउन १२ काठमाडौँ । नेपालमा विवादीत बनेर अनुमोदन हुन नसकेको एमसीसीको चर्चा फेरी शुरु भएको छ ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी( सँगको सम्झौता कार्यान्वयनलाई लिएर अमेरिकाले पुनः चासो दिएको छ ।
अमेरिकी राजदूत र्यान्डी बेरीले आइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर सम्झौता कार्यान्वयनका लागि भइरहेको ढिलाइबारे कुराकानी गरेका छन् ।चासो राखेका छन् ।
मन्त्रीको कार्यकक्ष सिंहदरबारमै पुगेका बेरीले रक्षामन्त्रीलाई भेटेका थिए । जवाफमा उपप्रधानमन्त्री पोखरेलले सरकारले एमसीसी सम्झौतामा गम्भीर छलफल गरिरहेको जवाफ दिएका थिए ।
नेपालले एमसीसीसँग सन् २०१७ सेप्टेम्बरमा करिब ५५ अर्ब रुपैयाँ अनुदानको परियोजना निर्माण गर्ने सम्झौता भएको थियो । नेपालले सम्झौतालाई सबै प्रक्रिया पूरा गरेर ०७७ असार १६ गतेबाट कार्यान्वयनमा लाने प्रतिबद्धता जनाएको थियो ।
तर नेकपा भित्रै विवादमा रहेको एमसीसीको बिरुद्ध सार्वजनिक रुपमा पनि अनुमोदन नगर्न दबाब बढेको थियो ।