कञ्चनपुर, ११ साउन । नेपाली काँग्रेस निकट नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको समुहले शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरामाथि कार्यकक्षमै आक्रमण गरेको र कार्यलय तोडफोड गरेको भिडियो प्राप्त भएको छ ।
यो घटना आज बिहान भएको थियो ।
काँग्रेस वडा सभापति ठगुन्नाले आफ्नो भाईलाई किन कुटपिट गरेको भन्दै वडाध्यक्षमाथि कुटपिटका साथै हातपात गर्नुको साथै कार्यालयमा समेत तोडफोड गरेका छन् । वडाध्यक्ष बहादुर सिह महराले शनिबार राती बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेको विषयमा सम्झाईबुझाई गर्दा उल्टै कार्यालयमै आएर कुटपिटका साथै कार्यालयमा तोडफोड गरेको बताए । कार्यालयमा तोडफोड भएपछि सेवाग्राही समेत मारमा परेका छन् । ‘उनीहरु आफुमथि योजना बनाएरै कुटपिट गर्न र कार्यालय तोडफोड गर्न आएका रहेछन, ‘वडाध्यक्ष महराले भने, ‘कुरा नहुँदै एकाएक कुटपिट गर्न थाले, म भागे ।’ आफुमाथि कुटपिटमा साथै कार्यालयमा समेत तोडफोड गरि आवश्यक कागजात च्यातचुत पारिदिएको बताए । ‘मलाई वडा कार्यालय बोलाएर कुटपिट गरौँला भन्ने सोचेर एक जना भित्र आएर वडाध्यक्ष ज्यू काम छ, बाहिर आउनुप¥यो, भन्यो, ‘वडाध्यक्ष महराले भने, ‘म बाहिर गएन, फेरीपनि कार्यालमै आएर तोडफोड र कुटपिट गरे ।’ कुटपिटबाट वडाध्यक्ष महराको टाउको, घाँटी, पिठ्यु लगायतमा भित्री चोट लागेको छ । कार्यालयमै वडाध्यक्ष महरामाथि दिउँसै कुटपिट भएको घटनाको शुक्लाफाँटा नगरपालिकाले घोर आपत्ति जनाएको छ ।
नगरपालिकाले दोषि उपर कार्बाहीको माग अघि सारेको छ । नेपाली काँग्रेसका वडा सभापति नारद ठगुन्नाले आफ्नो भाई बसन्तमाथि वडाध्यक्ष महराले कुटेको विषयमा छलफल गर्ने क्रममा दोहोरो चर्काचर्की भएको दावी गरेका छन् ।
यस घटनामा संलग्नलाई प्रहरीले अहिले सम्म पक्राउ गरेको विवरण प्राप्त भएको छैन ।
https://www.facebook.com/sirjanatimsina/videos/287739635817129/