सुरक्षाकर्मी संक्रमित हुने क्रम बढ्यो, बिराटनगरमा आजै मात्र १९ प्रहरी संक्रमित

सुरक्षाकर्मी संक्रमित हुने क्रम बढ्यो, बिराटनगरमा आजै मात्र १९ प्रहरी संक्रमित

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

विराटनगर साउन ११ । कोरोना बिरुद्ध अग्रपक्तिमै खटिरहेका सुरक्षाकर्मी संक्रमित हुने क्रम बढेको छ । आज एकै दिन प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरका १९ जना प्रहरी आज संक्रमित भएका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा आइतबार उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिनेमा १ महिलासहित १८ पुरुष प्रहरी रहेका छन् ।
यस्तै काठमाण्डौं प्रहरी हेड्क्वाटरमा समेत केही सुरक्षाकर्मी संक्रमित भएको यस अघि सार्वजनिक भएको थियो ।
प्रदेश नं एक प्रहरीमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । यसैबीच आइतबार नै प्रहरी बाहेक थप ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ महिला र १ पुरुष रहेका छन् । १ महिला उदयपुरकी रहेको समाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

बाँकी १ महिला र १ पुरुष विराटनगरकै भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ