बीरगञ्जमा आज बिहानैदेखि कफ्र्यु, जनतालाई दुखः दिने मात्र काम भयोः मेयर सरावगी

बीरगञ्जमा आज बिहानैदेखि कफ्र्यु, जनतालाई दुखः दिने मात्र काम भयोः मेयर सरावगी

  • शनिबार, साउन १०, २०७७
  • दिपक चौरसिया

  • 14.9K
    SHARES

पर्सा, १० श्रावण । पर्साको बिरगंज महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानैबाट कफ्र्यु लगाएको छ ।
पर्सामा कोरोना संक्रमण र मृत्यु दुबै बढ्न थाले पछि प्रशासनले कफ्र्यु लगाएको हो ।
आजबाट अनिश्चित काल सम्मका लागि सम्पूर्ण बजार, पसल, होटल, यातायात, उद्योग सबै भन्दा छन् भने अत्यावस्यक काम बाहेक हिड्डुल गर्न पनि प्रतिवन्ध लगाईएको छ ।
यसैबीच बीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले यो कफ्र्यु जनतालाई दुखः दिने काम मात्र भएको बताएका छन् ।
सरावगीले चेकजाच नै नभइ हचुवाका भरमा कर्फ्यु लगाइएको टिप्प्णी गरे । सीमामा कर्फ्यु नलगाएर बजार क्षेत्रमा मात्र कर्फ्यु लगाउनुको कुनै औचित्य नरहेको समेत उनले बताए । मेयर सरावगीले कोरोना भाइरसको महामारीको समयमा बिरगंज महानगरपालिका भित्र रहेका नागरिकलाइ कोभिड १९ चेकजाचको निम्ति सम्पूर्ण तयारी पूरा भइसकेपनी काठमान्डुमा सोधेर मात्र चेकजाच हुने भएकोले कर्फ्युको कुनै औचित्य नभएको बताएका हुन् ।
कोरोना भाइरसका कारण बिरगंजमा हिजै मात्र दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको लक डाउनको बिरोध केही युवाहरूले समाजिक संजाल मार्फत गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ