नारायणी अस्पतालमा मृत्यु भएकी किशोरीमा पनि कोरोना संक्रमण पुष्टि, आकस्मिक सेवा सिल

नारायणी अस्पतालमा मृत्यु भएकी किशोरीमा पनि कोरोना संक्रमण पुष्टि, आकस्मिक सेवा सिल

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

साउन ९, वीरगन्ज । नेपालमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार साझ मृत्यु भएकी किशोरीको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारका क्रममा मृत्यु भएकी १७ वर्षीय किशोरीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए । उनको नारायणीको प्रयोगशालामा पीसीआर परीक्षणमा गरिएको थियो ।
गत बुधबार नारायणी अस्पतालमा किशोरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगन्ज हेल्थ केयर हस्पिटल लगिएको थियो । त्यहाँ उनको स्वाब संकलन गरी नारायणीको प्रयोगशालमा पठाइएको थियो । किशोरीमा झाडापखाला लाग्ने र जिउ काम्ने र स्वास प्रश्वासमा पनि समस्या देखिएको हस्पिटलका निर्देशक डा.अबुल हैस अन्सारीले बताए ।

‘अक्सिजन मेन्टेन भइरहेको थिएन, ७५ प्रतिशत देखाइरहेको थियो,’ निर्देशक डा.अन्सारीले भने, ‘छातीको एक्सरे गरेर हेर्दा फोक्सो पुरै खराब देखिएको थियो ।’ किशोरीमा स्क्रब टाइफससमेत पोजिटिभ देखिएको उनले बताए ।

निर्देशक डा.अन्सारीका अनुसार ती किशोरीको उपचारमा संलग्न ५ जना स्वास्थ्य कर्मचारीलाई क्वारेन्टाइनमा राखेर अस्पतालको आकस्मिक सेवा सिल गरिएको छ ।

यसअघि शुक्रबार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको थियो । चिकित्सकका अनुसार ती वृद्धामा मुटुरोग र निमोनियाको समस्या थियो ।

उता, कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आईसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया जंगलीदेवी सरदारको कोशी अस्पतालकै आइसोलेशनमा मृत्यु भएको हो ।
मृतक सरदारको कोरानाको लक्षण देखिएपछि कोशीको आईसोलेसनमा भर्ना गरिएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । मृतक सरदारको स्वाब कलेक्सन गरेर परीक्षण गराईने मेसु दासले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ