नारायणी अस्पतालमा उपचाररत किशोरीको ज्यान गयाे, पीसीआर रिपोर्ट आउन बाँकी

नारायणी अस्पतालमा उपचाररत किशोरीको ज्यान गयाे, पीसीआर रिपोर्ट आउन बाँकी

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

साउन ९, वीरगन्ज ।
आज  १९ वर्षीया किशोरीको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । झाडापखाला र भाइरल इन्सेफ्लाइटीसको बिरामी उनको शुक्रबार साँझ मृत्यु भएको हो । किशोरीको स्वाब संकलन गरि पीसीआर परीक्षण भईरहेको चिकित्सकले जनाएका छन् ।

ती किशोरी वीरगन्ज हेल्थ केयर हस्पिटलबाट रिफर भएर नारायणी अस्पतालमा आएकी अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयो ।
आरडीटीमा एन्डीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । रिपोर्ट नआउँदै साँझ उनको मृत्यु भएको डा. सिंहले बताउनु भयो ।

शुक्रबार बिहान सोही अस्पतालमा वीरगन्ज महानगरपालिका–११ निवासी ८५ वर्षीय महिलाको मृत्यु भएको थियो ।
चिकित्सकका अनुसार ती वृद्ध महिला मुटुरोगी थिइन् । पछि निमोनिया भएर अस्पताल आएकी थिइन् । ती महिलामा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ