साउन ९ काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा पार्टीको बैठक चल्दा चल्दै एमाले पार्टी दर्ता गराएको दाबी गरेका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब चोचोमोचो मिलाएर मात्र पार्टी एकता बचाउन नसकिने बताए ।
संघर्ष र बहसबाट बाहिर गएर माला जपेर पार्टी एकता हुदैन, प्रचण्डले भने एकता संघर्ष विना संभव नभएको पनि बताए ।
रुपान्तरण सहितको एकताका लागि सघर्ष भईरहेको र पार्टी अहिले संकटमा रहेको उनले बताउदै, बैठक चल्दा चल्दै जिन्दावाद र मुर्दावादको नारा लगाउन पनि ओलीले नै लगाएको दावी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline