साउन ९ बीरगञ्ज । बीरगञ्जमा कोरोनाबाट आज थप एक व्यक्तिको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । ती महिला निमोनिया र मुटु रोगी भएको बताईएको छ । उनमा बुधबार कोरोना पुष्टी भएको थियो ।
कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिलालाई वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट हिजो रिफर गरी कोरोना अस्पतालमा ल्याईएको थियो ।
गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।
बीरगञ्जमा थुनुवा सहितमा लगातार संक्रमण बृद्धि हुदै गएर जोखिम अत्यन्त बढेको भन्दै स्थानीयहरु चिन्तित बनेका छन् ।
यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline