प्रधानन्यायधीश राणामाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको माग

प्रधानन्यायधीश राणामाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको माग

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

साउन ९ काठमाण्डौं । आफ्नै पत्नीकोृ हत्या गरेको अभियोगमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका शसस्त्रका पूर्व डिआईजी रञ्जन कोईरालालाई उन्मुक्त दिने गरी फैसला गर्ने सर्बोच्च अदालतका प्रधानन्यायधीशमाथि महाअभियोग लगाउन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग गरेका छन् ।
जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसद खोलेर महाअभियोग लगाउन माग गरेका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा आक्रोस व्यक्त गर्दै अपराधलाई संरक्षण गरेका कारण प्रधानन्यायधीश राणामाथि महाअभियोगबाट हठाउनु पर्ने बताए ।
उनले अहिलेको निर्वाचन प्रणालीमा परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान जानु पर्ने पनि सुझाएका छन् ।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको उन्मुक्तिले एकाएक न्यालय विवादमा तानिएको छ ।

भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई पनि हटाएर त्यस ठाँउमा नेकपाकै अर्को प्रधानमन्त्री बनाउनु पर्ने पनि बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ