वीरगंज, ८ साउन । वीरगन्जकाे जेलमा रहेका कैदीमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । बिहिवार राति वीरगंज काराकारका ५ कैदी र अन्य २५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएकाे पर्साका सहायक सिडियाे ललितकुमार बस्नेतले जानकारी दिनुभएकाे छ ।
नारायणि अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणका क्रममा थप ५ जना थुनुवा/कैदीसहित ३० जनाकाे रिपाेट पाेजेटिभ आएको हाे ।
पर्सा जिल्ला स्थायी ठेगाना भएका र जिल्लामा विभिन्न पेशा व्यवसाय गरी बसेकाहरूमा संक्रमण देखिएकाे हाे ।
लक्षण सहितका संक्रमित समेत देखिएकाे, केहिकाे मृत्यु भइसकेकाे र बाँकी केहिकाे अवस्था समेत निकै चिन्ताजनक भएकाेले गम्भिर बन्नुपर्ने अवस्था सृजना भएकाे पनि उहाँले बताउनु भएकाे छ ।
यसैबीच काेराेना संक्रमण बढेसँगै जिल्लामा सुरक्षा सतर्कता अपनाइएकाे छ । संक्रमण दर बढेकेा र संक्रमितहरूमा लक्षण समेत देखिएकाेले जिल्लामा कर्फ्यु लाग्न सक्ने सम्भावना रहेकेा उच्च स्राेतले जनाएकाे छ ।
संक्रमण फैलन नदिन र राेकथामका लागि भाेली दिउँसाे बैठक बसेर मध्यान्ह पछि कर्फ्यु लगाउनसक्ने स्राेतकाे भनाइछ ।