पर्साको बाढी प्रभावित क्षेत्रमा मुख्य मन्त्री राउत र सांसद प्रदीप यादवले गरे अवलोकन

पर्साको बाढी प्रभावित क्षेत्रमा मुख्य मन्त्री राउत र सांसद प्रदीप यादवले गरे अवलोकन

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

वीरगञ्ज, ७ साउन । प्रदेश दुईका मुख्य मन्त्री मुख्यमंत्री लालबाबु राउत तथा सांसद प्रदिप यादवले लगातारको वर्षाको कारण नदी तथा खोलाहरूमा आएको बाढीले क्षती पुर्याएको ठाउहरूको स्थलगत अवलोकन गरेका छन ।

बाढी प्रभावित पर्सा निर्वाचन क्षेत्र नं १ को बेलवा, सोलखपुर, प्रसोतिपुर, लालपर्सा, परसवा लगायतका क्षेत्रहरुको स्थानीय प्रसाशनका प्रमुख सहित मुख्यमंत्री राउत र सांसद यादवले स्थलगत अवलोकन गरेका हुन् ।
भेडाहा खोलामा वर्षेनी आउने बाढीले यस क्षेत्रमा ठुलो क्षती पुर्याउने गरेको स्थानीयले मुख्यमंत्री राउत समक्ष दुखेसो पोखेका थिए ।
स्थानीयको गुनासो सुन्दै मुख्यमंत्री राउतले बाढीले क्षती पुर्याएको स्थानीय व्यक्तीहरुलाई राहत उपलब्ध गराउने आश्वासन दिएका थिए ।
भेडाहा खोलाले प्रत्येक वर्ष यस क्षेत्रको हजारौ विघा खेती योग्य जमीन कटान गरेर बालीमा समेत ठुलो नोक्सानी पुर्याउने गरेकाले भेडाहा खोलाको बाढी नियन्त्रणको दिर्घकालिन उपायका बारेमा यथा सिघ्र कदम चाल्न मुख्यमंत्री राउतलाई सांसद यादवले आग्रह गरेका थिए ‌।
अनुगमनका क्रममा प्रतिनिधि सभा सदस्य माननीय प्रदीप यादव, प्रदेश सांसद जन्नत अंसारी, प्रमुख जिल्ला अधिकारी, मा।हरिनायण रौनियार ,मा।जनत अंसारी जिल्ला समन्वय समिती का सभापति नेक महम्द अंसारी ,पार्टी का जिल्ला अध्यक्ष रामनरेश यादव पार्टी का नेता बिरेन्द्र यादव ,सलाउदिन अहमद ,तबरेज अहमद लगायतका नेताहरू लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ