बिद्राेहि थवाङका धराेहर कम्युनिस्ट नेता बरमन बुढाकाे निधन

बिद्राेहि थवाङका धराेहर कम्युनिस्ट नेता बरमन बुढाकाे निधन

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडाैं, ७ साउन । सत्ताकाे बिरूद्व सधै बिद्राेहि छवि बनाएकाे राेल्पाकाे थवाङका धराेहर पुराना कम्युनिस्ट नेता बरमन बुढाकाे मृत्यु भएकाे छ ।

बुढाकाे ९० वर्षकाे उमेरमा बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारीक श्राेतले जनाएकाे छ । लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पूर्वसांसद हुन्। बुढा २०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट विजयी भएका थिए ।

पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका उनि क्यान्सर रोगबाट पीडित थिए । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो ।

काे हुन् बरमन ?

बरमन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।

तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बरमन बुढा होमिएका थिए ।

गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।

२०४८ सालको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी राप्रपाका बालाराम घर्ती मगरलाई २ हजार बढी मतले पराजित गरेर काठमाडाैं छिरेका उनी कछाड बाँधेर संसद भवन प्रवेश गरेका थिए ।

छातीमा दुबैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर उनी सिंहदरबार छिरे । अरू सांसद दौरा, सुरुवाल, कोट, पाइन्टमा ठाँटिएर जाँदा उनी भने सधैँ आफ्नै मौलिक पोसाकमा संसद भवन पुग्थे । उनलाई कसैले पागलसमेत भन्थे भने धेरैले अनौठो मानेर हेर्थे ।

राजा आउँदा महासचिवले दौरासुरुवाल लगाउन भने भन्दा पनि उनले मानेनन् ।बरू उल्टै प्रश्न गरे,  मैले विदेशी लुगा लगाएको हो र ?  । संसदमा तत्कालीन राजा वीरेन्द्र शाहले सम्बोधन गर्ने दिन पनि उनले कछाड बाँधेरै गए ।

उनले राजा आउने भन्दैमा आफ्नो पुर्खादेखि लगाउँदै आएको पोसाक छोड्न नसक्ने बताए र कछाड लगाएरै संसद भवन गए । २०५१ सालमा संसद भङ्ग नहुञ्जेलसम्म उनले कछाड लगाएरै गए ।

विद्रोही गाउँको रूपमा परिचय बनाएको थवाङमा २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको शून्य मतदान अभियानका उनी अगुवा नेतासमेत थिए । त्यो बेला प्रधानपञ्चसमेत रहेका उनलाई शून्य मत खसेपछि राजकाज मुद्दामा पक्राउ गरी जेल चलान गरिएको थियो ।

बुढामगर रोल्पाकै पहिलो कम्युनिस्ट पार्टी सदस्य र २०४८ सालमा जिल्ला सचिव रहेका थिए । २०४८ सालमा रोल्पाका २ क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट बुढा र क्षेत्र नम्बर २ बाट अहिलेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा विजयी भएका थिए ।

उनले कहिलै कछाड लगाउन छाडेनन् ।जनयुद्धको उद्गगम थलो थवाङकाका धरोहर तथा आदर्शका प्रतीकका रुपमा परिचित बुढाको निधनले सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको छ । वि.सं. १९८७ श्रावण १७ गते रोल्पाको थबाङमा जन्मिएका बुढा पेटको क्यान्सरबाट पीडित थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ