श्रावण ६ काठमाडौ । ३८ औं वि पि स्मृति दिवसमा नेपाली काँग्रेस (वी. पी.) को केन्द्रिय समितिले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आफ्नो केन्द्रिय कार्यलय गोङबु आवासीय क्षेत्र सामाखुसीमा ” वर्तमानमा वि पि विचारको सान्दर्भिकता ” विषयमा भएको कार्यक्रममा काँग्रेस नेता प्रदीप गिरी लगायतकाको उपस्थिति रहेको थियो ।
पार्टीका सभापति हरिबोल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेता गिरीले नेपाली काँग्रेसले उदारीकरणको नाममा वी पी को समाजवादी निति छोडेकोले नेपाली काँग्रेसलाई वी पी वादी भन्न पनि लाज भएको बताएका छन।
नेता गिरिले राष्ट्रपतिले प्रधानमन्त्रीको निर्णयमा कलमको मसि सुक्न नपाउदै निर्णय गर्ने गरेको भन्दै राष्ट्रपतिको भुमिका माथी प्रश्न चिन्ह खडा भएको बताए ।
नेकपाले भित्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग केटाकेटी खेल भएको बताए। साथै काँग्रेस ससदमा निरीह भएको टिप्पणी गरे ।
गिरिले गिरिजाप्रसाद कोइरालाले पनि अन्तिम समय सम्म बेबि किङ्ग भनुभएको र तत्कालीन अवस्थामा भारतका विपक्षी दल भाजपाका नेता अटल विहारी बाजपेयिले लिखित पत्र पठाएर राजसंस्था जादैन तपाईं संरक्षक बस्नुहोस भनेर त्यो चिठी प्रभाकर सम्सेर राणालाई पठाउदा ज्ञानेन्द्रले हपारेको प्रशङ्ग पनि गिरीले कोट्याएका थिए ।
कार्यक्रममा नेकपा मालेका पोलिट व्यरो सदस्य कुमार श्रेष्ठ, नेकपा सयुक्तका सचिवालय सदस्य मधु वी सि मल्ल, नेपाल प्रजातान्त्रिक पार्टीका राजेश्वर श्रेष्ठ लगायतकाले पनि बोलेका थिए ।
साथै कार्यक्रममा आधा दर्जन युवाहरू प्रवेश पनि गरेका थिए ।