नेपालमा आज मध्यरातबाट लकडाउन हट्यो, अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहनेः यी हुन् मन्त्रीपरिषदका निर्णहरु

नेपालमा आज मध्यरातबाट लकडाउन हट्यो, अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहनेः यी हुन् मन्त्रीपरिषदका निर्णहरु

  • मङ्लबार, साउन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

काठमाडौँ, ६ साउन । नेपालमा आज मध्यरातिबाट लागु हुनेगरि लकडाउन हटेको छ । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य गरेको हो ।

सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, अब लकडाउन जारी छ भन्न पर्दैन, त्यसको अन्त्य भएको छ । यो सँगै खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको छ ।
सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

सरकारले भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि गरेको छ । बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् । अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।

यस्तै लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय पनि सन्चालनमा आउने भएका छन् । सरकारले साउन १५ गतेबाट होटल खोल्ने जनाएको छ ।
तर सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । सरकारको यो निर्णय अनुसार अब होटलमा भोज र पार्टी गर्न भने पाइने छैन ।

त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो ।

सँगै सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

सँगै सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो ।

सँगै सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर आउदो हिउँदलाई ध्यानमा राखेर ट्रेकिङ बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

पछिल्ला दिनमा घट्दै गएको कोरोना संक्रमण बढेमा फेरि लकडाउन हुने प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालमा कोरोना भाइरसका कारण पाँच महिनाको अवधिमा ४० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने १७ हजार ९ सय ५४ पुगेको छ । संक्रमितमध्ये १२ हजार चार सय ७७ निको भएका छन् । मंगलबार मात्र १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2020/07/%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%9F%E0%A4%B0-%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%80_20130910102819.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ