साउन ६ काठमाण्डौं । हङकङबाट श्रीलंकन एयर मार्फत ल्याईएको ४४ वटा ल्यापटप नेपाल आईपुग्दा गायब भएका छन् । साेमवार दिउँसाे श्रीलंकन एयरको चार्टर कार्गो सामान लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडाैंमा अवतरण भयाे । त्यसमा १२५ वटा ल्यापटप पनि थिए ।
अहिले कोरोना महामारीका कारण कार्गोबाट आएको सामान पनि एक दिन क्वारेन्टाईनमा राख्ने भएकाले व्यापारीहरु आज मंगलवार आफ्नो सामान लिन विमानस्थल गएका थिए ।
स्रोतका अनुसार श्रीलकंन एयरको कोड नं ६०३ फ्लाईटबाट आएको आफ्नो सामानकाे कार्गो बिल बुझाएर सामान चेक गर्दा ४४ वटा ल्यापटप हुनु पर्ने बक्समा प्रिन्टपेपरको रिमहरु भेटिएको थियो ।
एक पछि अर्को हेर्दै जाँदा एफोर साईजका पेपरको बण्डल देखिए पछि उनीहरु तनावमा परेका छन्।
यो समाचार तयार पार्नु अघि सम्म केही व्यापारीहरु विमानस्थलमै थिए । एक व्यापारीले मिर्मिरेलाई बताए अनुसार ब्रान्डेड ल्यापटप आयात गरिएकाेमा हङकङबाट काेलम्बाेहुँदै नेपाल ल्याइएकाे थियाे ।सबै ब्रान्डेड ल्यापटप रहेको र अहिले एक लाख ४४ हजारमा विक्री हुने गरेको थियो ।
नेपाली व्यापारीहरुले हङकङबाट अर्डर गरे बमोजिम आपुर्तिकर्ताले त्याहाँबाट ती ल्यापटपहरु पठाएका थिए ।
श्रीलंकन एयरको यो कार्गो विमान श्रीलकाको राजधानी कोलम्बोमा पाँच दिन सम्म ट्रान्जिट स्टेको रुपमा बसेको थियो । र साेमवार काठमाडाैं अवतरण भयाे । तर मंगलवार विमानस्थलमा सामान लिन पुगेका व्यापारीले ल्यापटपकाे बक्समा एफाेर पेपरकाे रिम हालेर पठाइएकाे भेटे ।
विमानस्थलमा मंगलवार बिहानबाट सामानकाे पर्खाइमा बसेकाे एक व्यापारीले राति पाैने १० बजे ४४ वटा बक्स पाएकाेमा खाेलेर हेर्दा सबैमा पेपर रिम राखेकाे पाइएकाे बताए । उनले भने, ‘हामीले ब्रान्डेड ल्यापटप मगाएका थियाै, हङकङबाट सप्लायरले सबै सामान जाँच गरेर पठाएकाे हाे तर यहाँ आइपुग्दा ल्यापटप नै चाेरी भएछ ।’
ती सामान काेलम्बाेमा ट्रान्जिट गरिएकाले सोही अवधिमा गायब भयो या काठमाण्डौ आए पछि गायब भयो भन्ने एकीन हुनँ बाकीँ छ ।तर व्यापारीहरू भने ट्रान्जिटकै बेला ल्यापटप चाेरी भएकाे आशंका गर्छन् ।
एक व्यापारीले भने, ‘काेलम्बाेमा ५ दिन सामान रहेकाेले त्यहिबाट गायब पारियाे कि भन्ने हाम्राे आशंका छ ।’
यस बिषयमा मिर्मिरेले बुझ्न खोज्दा भित्रुवन अन्तराष्ट्रिय विमान स्थल भन्सार विभागका प्रमुख शम्भु मरासीनीले सामान हराएको बिषयमा अहिले सम्म आफूलाई जानकारी आईनसकेको भोली मात्रै बुझेर केही भन्न सक्ने प्रतिकृया दिए ।
ल्यापटपको ठाँउमा कागजै मात्र भेटिए पछि तनावमा परेका व्यापारीहरुले श्रीलकाको राजदुतावासमा समेत सम्पर्क गरे ।
उनीहरुले पीडा व्यक्त गरे पछि दुतावासले श्रीलकन एयरका अधिकारीहरुसगँ पनि सम्पर्क गरे र व्यापारीहरुलाई पनि बुझ्न लगाए । तर श्रींलकाबाट पनि अहिले सम्म कुनै जानकारी प्राप्त भईनसकेको व्यापारीहले बताए । भित्र गएर आफुहरुले सामान चेक गर्न नमिलेका कारण १२५ वटामा अन्य ८१ वटा ल्यापटपकाे बक्सामा पनि ल्यापटप नै छ या ती पनि गायब छन् भन्ने एकिन नभएकाे पनि उनीहरूले बताएका छन् । गायब भएका ल्यापटपकाे बजार मूल्य न्युनतम प्रति ल्यापटप एक लाख ४४ हजार पर्न जान्छ ।
विमानस्थलबाट यस अघि पनि पटक पटक सामान गायब हुने गरको छ । तर यो ल्यापटप कहाँबाट गायब भयो भन्ने एकीन हुनँ बाकी छ ।
सिसिटिभी, एक्सरे रिपोर्ट सबै हेरे पछि यस बारेमा विस्तृत विवरण आउने अपेक्षा गरिएको छ ।