चरीत्रहीन र बोक्सीको आरोपमा एकल महिलालाई अर्धनग्न पारी कपाल मुडेर गाउँ घुमाईयो

चरीत्रहीन र बोक्सीको आरोपमा एकल महिलालाई अर्धनग्न पारी कपाल मुडेर गाउँ घुमाईयो

८ जना बिरुद्ध मुद्धा

  • मङ्लबार, साउन ६, २०७७
  • दिपक चौरसिया

  • 15.5K
    SHARES

पर्सा ६ साउन । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ३ छोटकी जयमंगलापुरमा महिलालाई कपाल काटी, कालो मोसो दली, अर्धनग्न पारी गाउँ घुमाउने सम्मको अमानविय घिनलाग्दो घटना सार्वजनिक भएको छ ।
४८ वर्षीय एकल महिला उमा देवी ठाकुरमाथी चरित्रहिन र बोक्सीको आरोप लगाउँदै कालोमोसो दलेर बुधबार बिहान करीव ९ बजे पेटिकोटमै पुरै गाउँ घुमाइयो । कुटपिटबाट उनको टाउको लगायत जीउमा चोट पटक लागेको छ । अहिलेपनि ति महिलाको हात, खुट्टा गरि सम्पूर्ण जीउभरि निलडाम बसेको छ । चोट पटकको कारण उनको हात, खुट्टा सुन्निएको छ । हुन त पिडित जिल्ला प्रहरी कार्यालय पर्सामा दिएकी उजुरीको आधारमा घटनामा सलंगनहरुमाथी अमानविय व्यवहार गर्ने कसुर विरुद्धको मुद्दा दायर गरिएको छ ।
घटनामा संलग्नहरुले ७ महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर यस्तै दुव्र्यहार गरेका थिए । गरिव र एकल महिला भएकै कारण त्यसबेला भन्दै त्यो घटनालाई दबाइएको थियो ।

बोक्सी र परपुरुषसँग सम्बन्ध रोखेको आरोपमा सो महिलामाथि उनका देवर राजदेव शर्मा, सोही गाउँपालिकाका एक कार्यपालिका सदस्य सुवास साह कानु, संजय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी, राजदेव शर्मासहित ७ जना पुरूष र आफ्नी दुई देवरानीले मिलेर यस्तो सर्मनाक घटना घटाएको उनले बताएकी छिन् । ७ पुरुषहरुले दुवै हात पछाडि बाँधेर उनीमाथि बल प्रयोग गर्दै कालो मोसो दलेर कपाल काटेर गाउँ घुमाए । जसमा उनकी आफ्नी दुई देवरानीले यातनाको समयमा गालीगलौजसमेत गरिरहेको पीडितले बताईन ।

सो एकल महिलालाई उनकै परिवारका सदस्य र केही गाउँलेहरुले उनको कपाल काटी, कालो मोसो दली, अर्धनग्न पारी गाउँ घुमाएका थिए । सो क्रममा बुडगाई प्रहरी चौकीका प्रहरी हवलदार र जवान नआएको भए महिलाको ज्यान पनि जान सक्थ्यो । तर सो महिला चरित्रहिन नभएको दाबी गरे ।

सो महिलामाथि भएको घटनालाई निन्दनीय र अपराधिक घटना हो । ८ जनाले मिलेर एउटा एकल महिलामाथि गरेको व्यवहार निन्दनीय रहेको र घटनामा संलग्न सबैजनजालाई कानुनको दायरमा ल्याई कडा भन्दा कडा कारवाहीको माग गर्दछु ।

एकल महिलालाई बोक्सी तथा चरित्रहीनको आरोप लगाई अमानवीय व्यवहार गर्ने ८ जना विरुद्ध पर्सा प्रहरीले मुद्दा दर्ता गरेको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नं। ३ छोटकी जयमंगलापुर निवासी अन्दाजी ४८ वर्षीय एकल महिलालाई आफ्नै देवर, देउरानी लगायत ८ जनाको समूहले गरेको अमानवीय व्यवहार विरुद्ध पीडित दिएको जाहेरीको आधारमा ८ जना विरुद्ध अमानवीय व्यवहार कसुर विरुद्धको मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

अशिक्षा, अन्धविश्वासकै कारण दिनप्रतिदन यस्ता घटनाहरु बढदै गएकोले यस्ता अपराधिक कार्य गर्ने व्यक्तिहरुलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारवाही गर्न आवश्यक देखिएको छ ।
अशिक्षाकै कारण अझै पनि ठाँउ ठाँउमा यस्ता अमानवीय घटना हुदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ