नेकपाकाे बैठक फेरी स्थगित, थकाई लागेको भन्दै ओली उपस्थित भएनन् !

नेकपाकाे बैठक फेरी स्थगित, थकाई लागेको भन्दै ओली उपस्थित भएनन् !

  • मङ्लबार, साउन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

साउन ६ काठमाण्डौं । थकाई लागेको भन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै भएको स्थायी समितिको बैठकमा उपस्थित नभए पछि आजको छोटो औपचारीक बैठकको अध्यक्षता प्रचण्डले गरेका छन् ।
यस अघि प्रचण्ड, माधव, झलनाथ खनाल, वामदेव गौतम सहित बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग भए पछि असार १८ गते बसेको स्थायी समितिको बैठकमा पनि अध्यक्ष ओली सहभागी भएका थिएनन् ।
केहीबेर बसेको बैठकले प्राकृतिक प्रकोप सम्बन्धि प्रस्ताव पारित गरेको थियो ।
आन्तरीक विवाद मिल्न नसके पनि नेकपा स्थायी समितिको बैठक आज पनि औपचारीकता मात्र पूरा गरेर स्थगित भएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा छोटो समय बसेर बैठक पुनः स्थगित गरिएको थियो । बैठक साउन १३ गते बिहान ११ बजे सम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिनु भयो ।
प्रधानमन्त्रीनिवास बालुवाटरमा मंगलबार दिउँसो सुरु भएको बैठक केही मिनेट मात्र चलेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थगित भएको जानकारी दिएका थिए ।
पार्टी भित्रको विवाद चरम बनिरहेका बेला अझै पनि तत्कालै कुनै सहमतिको संभावना नदेखिए पछि नेताहरु आ आफ्नो पक्षका नेताहरुसगँ छलफल गर्न सक्रिय छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ