धादिङको त्रिपुरासुन्दरीमा पहिरो गयो: एकै परिवारका ३ जनाको मृत्यु,प्रहरी घटनास्थल जाँदै

धादिङको त्रिपुरासुन्दरीमा पहिरो गयो: एकै परिवारका ३ जनाको मृत्यु,प्रहरी घटनास्थल जाँदै

  • मङ्लबार, साउन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

साउन ५, धादिङ । आइतबार रातिदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । अविरल वर्षापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ गुल्जुङमा पहिरो गएको छ ।पहिराेमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ ।
सोमबार राति आएको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको पनि डीएसपी खड्काले बताए ।
विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ