५ साउन, काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिम बढेपछि नेपालमा उच्च सतर्कता अपनाइएकाे छ। ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भाेटेकाेसी नदी किनारका स्थानीयलाइ तत्काल बस्ति छाड्न अनुराेध गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न पनि जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन पनि दिएको छ ।
निरन्तर बर्षाकाे कारण चीनकाे खासामा रहेकाे केरुङ छाे भन्ने पाेखरी फुटने जाेखिम बढेपछि चिनको खासा क्षेत्रका सबै स्थानीयलाई चिनियाँ सरकारले सुरक्षीत स्थानमा स्थानान्तरण गरेको छ । सो ताल फुटेमा भाेटेकाेसी नदिमा बाढी आउने सम्भावना रहेकोले नेपाल तर्फको तातोपानी क्षेत्र देखि बाह्रबविसे, खाडिचौर लगाएतका सबै भोटेकोसी नदि तटिय क्षेत्रमा बासिन्दा लाई सुरक्षीत स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले अनुरोध गरेको छ । अहिले सो क्षेत्रमा प्रहरीले माइकिङ समेत गरिरहेको छ ।
प्रशासनले सोमबार सूचना पनि जारी गरेकेा छ । प्रशासनले पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आई नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै सतर्क रहन सचेत गराएको हो ।
ताल फुटे सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहमा क्षति पुग्ने भन्दै प्रशासनले पूर्वतयारीमा लाग्न सूचना जारी गरेको छ ।
