काठमाण्डौ, ५ असार । नेपालमा अझै पाँचदिनसम्म भारी वर्षात हुने जलतथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।
न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जलतथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु कुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमानपुन अनन्तलाई ब्रिफिङ गरेका थिए । त्यस क्रममा वैद्यले ९ साउन पछि मात्रक्रमशःपानी पर्ने क्रमकमभएर जाने बताए ।
नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिमप्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताउनुभयो । यो मात्रअझै बढेर २ सयमिलि लिटर पार्नी पर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केहीदिनपूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको वैद्यले बताए ।
२४ घण्टामा कहाँ प¥यो धेरै पानी ?
विभागका महासचिव वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८तथागोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताए । ‘यो पछिल्लो २४ घण्टाको विवरण होे, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्मपानी पर्छ ।’ वैद्यले जनाए ।