पार्टी फुटाउने या जुटाउने ओलीको हातमा छ : प्रचण्ड पक्षीय नेताहरु

पार्टी फुटाउने या जुटाउने ओलीको हातमा छ : प्रचण्ड पक्षीय नेताहरु

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

साउन ५ काठमाण्डौं । असार १० बाट शुरु भएको नेकपाको स्थायी समितिको बैठक शुरु भए पछि आन्तरीक विवादमा रुमल्लिएको नेकपा भित्र बहस अझै पेचिलो बनेको छ ।
प्रधानमन्त्री र पार्टी अध्यक्षबाट नैतिकताको आधारमा राजीनामा दिन प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहित बहुमत नेताहरुले माग गरे पछि र ओलीले कुनै हालतमा राजीनामा नदिने अडान राखे पछि स्थायी समितिको बैठक स्थगित हुदै बस्दै आएको छ ।
यसै क्रममा दुबै पक्षले आ आफ्नो कसरत जारी राखेका छन् ।
यसै क्रममा आज अध्यक्ष प्रचण्डले पूर्व माओवादी पक्षीय स्थायी समितिका सदस्यहरुसगँ गरेको छलफलमा पार्टी एकता जोगाउन सबै उपाय प्रयोग गर्ने बिषयमा सुझाव आएको छ ।
प्रचण्डले पार्टी एकता जोगाउन अनेकौ कसरत भएको र अझै जारी राख्ने बताएको एक नेताले बताए ।
तर नैतिकताको आधारमा राजीनामा दिनुको साटो पार्टी विभाजनको बाटो अध्यक्ष ओली आफैले तयार पारेको घटनाक्रमका बारेमा नेताहरुले धारणा राखेका थिए ।
नेता देव गुरुगंले अब पार्टीलाइ विधिमा लाने कि , विभाजनमा लैजाने, एकता बनाउने वा के गर्ने भन्ने बिषय अध्यक्ष ओलीले निकास दिनु पर्ने बताए ।
उनले पुरानो एमाले ब्युताउ निर्वाचन आयोगमा दल दर्ताको प्रकृया थाल्ने, पार्टी विभाजन सम्बन्धि अध्यादेश ल्याउने जस्ता क्रियाकलापले के संकेत गर्छ भन्दै प्रश्न गरे ।
पार्टीको बैठकमै नआउने, बोकेर ल्याउदा पनि हिडिहाल्ने काम कसले गरेको छ ? नेता गुरुगंले भने ।
राजीनामाको दबाब भन्दा पनि नैतिकताको हिशाबले निकास दिन आफूहरुले अध्यक्ष ओलीलाई माग गरेको बताएका थिए ।
नेकपा स्थायी समितिको बैठक भोलीका लागि बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ