बादल र लेखराज भट्टले प्रचण्डलाई साथ नदिने संकेत, खुमलटार गएनन् !

बादल र लेखराज भट्टले प्रचण्डलाई साथ नदिने संकेत, खुमलटार गएनन् !

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

साउन ५ काठमाण्डौं । दश बर्षे जनयद्ध हुदै शान्ति प्रकृया पछि पनि प्रचण्डलाई नै मियो मानेर राजनीति गर्दै आएका गृहमन्त्री राम बहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले प्रचण्डलाई पार्टी भित्रको आन्तरीक विवादमा साथ नदिने संकेत बढेको छ ।
भट्टले त खुलेरै ओली सरकारको विकल्प नभएको बताउदै आएका छन् । उनी ओलीले बोलाएको छलफmलमा बालुवाटारमा समेत बेला बेला जाने गरेका छन् ।
यस्तै गृहमन्त्री समेत रहेका थापा भने दोधारमा रहदै आएका थिए । कहिले ओलीतिर कहिले प्रचण्ड माधव पक्षको भेलामा पनि गएका थिए । तर हिजो त्यसरी भएको भेलामा उनी विभिन्न कारण देखाउदै गएनन् ।
आज प्रचण्डले पूर्व माओवादीको चाँही एक मत हुनु पर्यो यता र उता भयो भनेर छलफल गर्न बोलाएका थिए । तर थापा र भट्ट त्याहाँ नगएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
उनीहरुले ओली हर्द नै साथ दिने देखिएको एक नेताले दाबी गरे ।
थापा जनयुद्ध कालदेखि नै प्रचण्ड, मोहन बैद्य, र बाबुराम भट्टराई पछिका शक्तिशाली नेता थिए । उनले बीचमा प्रचण्ड छाडेर बैद्यतिर लागे पनि केही समय पछि नै एउटा समुह लिएर प्रचण्डमा विलय भएका थिए ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला रक्षा मन्त्री भईसकेका थापा अहिले ओली नेतृत्वको सरकारमा गृहमन्त्री छन् ।
लेखराज भट्ट भने सुदुर पश्चिमका माओवादीका महत्वपूर्ण नेतामा पर्थे । प्रचण्डको पाला देखि पटक पटक मन्त्री भएका भट्ट अहिले आपुर्ति मन्त्री छन् र उनी यो सरकार ढाल्ने प्रचण्ड माधवको रणनीतिको बिपक्षमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ