हिरासतमा लिएको एक हजार नतिरेकै झोँकमा साथीको हत्या !

हिरासतमा लिएको एक हजार नतिरेकै झोँकमा साथीको हत्या !

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

साउन ५ लाहान । समाजमा अनेक खालमा अपराध बढीरहेको छ । यस्तै सामान्य तर भयभित तुल्याउने घटना सिराहामा भएको छ ।
प्रहरी हिरासतमा लिएको एक हजार सापटी मागेको समयमा नतिरेको झोँकमा साथीको अपहरण भएर हत्या भएको बिषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
लहान नगरपालिका १ बस्ने १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको हो ।

लकडाउनमै लागू औषध मुद्दामा पक्राउ परेका रोशन केहीदिन अघि थुनाबाट छुटेका थिए । १० हजार रुपैँया धरौटी राखेर छुटेका उनी थुनामै रहेका बेला प्रहरी हिरासतभित्रै मिर्चैया नगरपालिका वडा नम्बर १ का मुकेश कटुवालसँग १ हजार रुपैया सापटी लिएको बताईन्छ ।

रोशनका पारीवारीक स्रोतका अनुसार थुनाबाट निस्केपछि मुकेशले रोशनलाई पटक पटक एक हजार रुपैया माग्दै आएका थिए । तर पैसा नभएका कारण काम गरेर दिन्छु भन्दै रोशनले टार्दै आएका थिए । त्यस पछि मुकेशले पटकपटक घरमा पुगेर रोशनलाई ज्यान मार्ने धम्की दिने गरेको रोशनका बुवा सिपैत मोचीको दाबी छ ।

मुकेशले नै छोराको हत्या गरेको मोचीले दाबी गरे । मुकेशले रोशनलाई अषाढ २७ गते घरबाट बाईकमा चढाएर ससुराली पुगेर आउने भन्दै लिएर गएका थिए ।

उनी सोही दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ । उनको शब मिर्चैयाको बतहाखोला नजिक बेबारिसे अवस्थामा प्रहरीले फेला पारे पछि प्रहरीले मुकेश र उनका अर्का जय कुमार लाई नियन्त्रणमा लिएर अनुसन्त्रान शुरु गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ