एकाबिहानै विद्युतका पोलसहित ठूलो पहिरो खस्याे, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

एकाबिहानै विद्युतका पोलसहित ठूलो पहिरो खस्याे, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडाैं, ५ साउन ।  एकाबिहानै पहिराे खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएकाे छ ।

सोमबार बिहान ५ बजेतिर इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

अझै पहिराे खसिरहेकेा जिल्ला प्रहरी कार्यालय चितवनले  जनाएकाे छ । पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने  पनि प्रहरीले जनाएको छ । त्यसैले एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका क्षेत्रका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ, काठमाडौँलगायत पहाडी भेगमा मध्यम वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनु आवश्यक भएको बताउनुुभयो । उहाँका अनुसार प्रदेश ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ