साउन ४ काठमाण्डौं । खुमलटार आफ्नै निवासमा सचिवालय र स्थायी समितिका सदस्यहरुलाई आफूले धोका नदिने आस्वासन दिए लगत्तै अध्यक्ष प्रचण्ड पुनः ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । दुई नेताबीच वान टु वान छलफल चलिरहेको स्रोतले जनाएको छ ।
विवाद मिलाउने प्रयास स्वरुप प्रचण्ड पुनः ओलीसगँ भेट्न बालुवाटार पुगेर छलफल शुरु गरेका छन् । दुबै अध्यक्षीच पटक पटक छलफल चले पनि अझै निर्णायक सहमति हुन सकेको छैन ।
प्रचण्ड सहितका नेताहरु अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् ।
हिजो मात्रै दुई अध्यक्षबीच मंसीरमा महाधिवेशन गर्ने सहमति भएको भनिएको थियो तर प्रचण्डले आज आफू पक्षीय नेताहरुलाई त्यस्तो गोप्य सहमति नभएको आस्वासन दिएका थिए ।
प्रचण्ड आफू पक्षीय नेताहरुको राय लिए पछि ओलीसगँ छलफल गर्न गएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline