साउन ४ काठमाण्डौं । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीसगँ महाधिवेशन गर्ने भनी सहमति नगरेको ब्रिफिगं गरे पछि असन्तुष्ट भनिएका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहितका नेता आस्वस्त भएका छन् ।
प्रचण्ड निवासमा जम्मा भएका सचिवालय र स्थायी समितिका सदस्यहरुलाई प्रचण्डले झण्डै डेढ घण्टा समय लिएर कुनै गोप्य सहमति नभएको भन्दै विस्वास दिलाएका थिए ।
ओलीले शनिबार महाधिवेशन गरेर आफूले अध्यक्ष छाड्ने र प्रधानमन्त्रीमा रही रहने गरी प्रचण्डसामु प्रस्ताव गरेका थिए ।
एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष ओलीलाई भेट्न खोज्दा राष्ट्रपति कार्यलयमै बोलाएकाले उता गएको स्पष्ट पारेका थिए ।
आफूबाट धोका नहुने र एक्लैले ओलीसँग कुनै खालको सहमति नगर्ने भन्दै पचण्डले उपस्थित नेताहलाई आश्वस्त पारेपछि खुमलटारबाट आफूहरु बाहिरिएको ती नेताले बताए ।
आजको छलफलमा गृहमन्त्री एवं सचिवालयका सदस्य राम बहादुर थापा भने सहभागी भएका थिएनन् ।
आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित गरेर नेताहरु प्रचण्ड निवासमा भेला भएका थिए ।
असार १० बाट शुरु भएको नेकपा स्थायी समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।