स्थायी समितिको बैठक स्थगित गरेर प्रचण्ड निवासमा नेताहरुको अलग्गै भेला

स्थायी समितिको बैठक स्थगित गरेर प्रचण्ड निवासमा नेताहरुको अलग्गै भेला

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

साउन ४ काठमाण्डौं । असार १० मा शुरु भएको नेकपाको स्थायी समितिको बैठक फेरी स्थगित भएको छ । बैठक साउन ६ गते बिहान ११ बजे सम्मका लागि स्थगित भएको नेकपाका केन्द्रीय कार्यलयले जनाएको छ ।
बैठक आज बिहान ११ बजे बस्ने भनिए पनि स्थगित भएको विज्ञप्ति जारी गरेर उल्लेख गरिएको छ ।
पटक पटक अध्यक्षद्धय ओली र प्रचण्डबीच हिजो पार्टीको महाधिवेशन बोलाउने सहमति भएको भनिएको थियो । त्यसमा माधव नेपाल सहितका अन्य नेता असन्तुष्ट बनेका थिए ।
आज स्थायी समितिको बैठक रोकेर प्रचण्ड निवास खुमलटारमा प्रचण्ड माधव पक्षका नेताहरु भेला भएका छन् ।
जसमा प्रचण्ड, नेपाल, खनाल, गौतम, सहित ५ जना सचिवालय सदस्य र अन्य स्थायी समितिका सदस्यहरु भेला भएका छन् ।
मध्यमार्गमा रहेको भनिएका गृहमन्त्री राम बहादुर थापा भने निम्तो गए पनि अहिले सम्म खुमलटार नपुगेको स्रोतको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ