काठमाडौँ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा देखिएको आन्तरिक सङ्कटले नयाँ माेड लिएकाे छ । शनिवारकाे सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेका छन् ।
शनिवार दिउँसाेसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली काे राजीनामा मागिरहेका अर्का अध्यक्ष प्रचण्डले नाटकीय रूपमा ओलीकै समर्थन गरेका छन् । बैठकमा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव राखेपछि प्रचण्डले त्यसकाे समर्थन गरेका हुन् ।
याे सँगै नेकपामा केही दिनयता जारी तनाव नयाँ दिशातिर मोडिएको छ। प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए । र, ओलीले कुनै पनि पद नछाड्ने अडान लिएका थिए ।
शनिवार बिहान समेत दुइ नेताबीच छलफल भएकाे र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने मागमै कायम रहने सहमती गरेर सचिवालय बैठकमा गएका नेताहरू प्रचण्डले सहमती ताेडेकेा देखेपछि चकित बनेकेा स्राेत बताउछ । एक नेताले भने, ‘बिहान ओलीकाे राजसीनामा माग्ने सहमती गरेर गएर बेलुका बैठकमा विपक्षमा प्रचण्ड उभिएकाे देख्दा अचम्म लाग्याे,आफु पक्षका नेताहरूसँग समेत छलफल नगरि सहमती विपरित एक्लै प्रधानमन्त्रीकाे प्रस्तावमा सहमती जनाएकाे देख्दा किन यसाे गरे भनेर छक्क परेका छाै ।’
सचिवालय बैठकमा ओली र दाहाल मिलेर अचानक नयाँ प्रस्ताव ल्याएपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् । उनीहरुले असन्तुष्टि जनाएका छन् ।
बैठकको सुरुमा अध्यक्ष ओलीले आफ्नो धारणा राख्ने क्रममा नयाँ प्रस्ताव गरेकेा र प्रचण्डले सहमती जनाएपछि नेताहरूले असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्रीले ‘अहिले पार्टी संकटमा छ । पार्टी संकटमा हुँदा देश पनि संकटमा पर्छ । पार्टी एकता गर्नुपर्यो, त्यसको निम्ति सबैले कमीकमजोरी स्वीकार गर्नुपर्यो । हामी मिलेर जानु पर्यो याे बिषयमा प्रचण्ड र मेरो बीचमा छलफल भएको छ । हामी सहमति नजिक पुगेका छौं । महाधिवेशन पहिला चैत्रसम्म गर्ने भनिएकै छ, सकेसम्म छिट्टै ल्याउँ । मंसिरमै गरौं । त्यसैबाट सबै समाधान गरौंला ।’नेकपा सचिवालयका एक सदस्यले भने ।
ओलीपछि सम्बाेधन गरेका प्रचण्डले पनि ओलीको प्रस्तावमा समर्थन जनाउदैँ आफुले आलोपालोको कुरा छोडेकेा र महाधिवेशन छिटो गरौं भन्नेमा दुइबीच सहमती भएकाे बताएक्ा थिए ।
तर, वरिष्ठ नेता खनालले तत्काल महाधिवेशन गरेर जान सम्भव पनि नभएकाे र यसले पदको व्यवस्थापनले मात्र संघर्ष भएको भन्ने भ्रम पर्ने बताएकाे स्राेतले बतायाे । । उनले तयारी नगरी महाधिवेशन गर्न नसकिने भएकाले अहिले केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने बताएका थिए ।
यस्तै वरिष्ठ नेता माधव नेपालले व्यक्तिवादले समस्या खडा गरेको भन्दै आत्मालोचना गर्ने अनी पछि त्यसकाे वेवास्था गर्ने प्रवृत्ति रहेकाले स्थायी कमिटि बैठकमा सबै छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएका थिए । उनले महाधिवेशन यति छिटाे सम्भव नभएकाे पनि बताए ।
उपाध्यक्ष वामदेव गौतमले अध्यक्षको व्यवस्थापनका लागिमात्रै महाधिवेशन गर्न उपयुक्त नहुने भन्दै केन्द्रीय कमिटीबाट टुंगाउन सुझाव दिएका थिए ।
प्रवक्ता श्रेष्ठले पार्टीमा छलछाम र खेलबाड बढी भएको र यसले समस्बया समाधान नहुने बताएका थिए ।उनले भने, हाम्रो यहाँ खेलबाड बढी भयो । छलछाम बढी भयो । यसो गर्न हुँदैन ।’ वैचारिक र सैद्धान्तिक मुद्धालाई हल नगरी महाधिवेशन गर्न नहुने भन्दै श्रेष्ठले अहिलेको समस्या समाधान केन्द्रीय कमिटीबाट गर्न सुझाव दिएकाे ती नेताले बताए ।
यस्तै बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले महाधिवेशनबाटै सबै समस्या हल गर्ने कुरा ठीक भएको भन्दै अध्यक्षद्वयकाे प्रस्तावमा समर्थन जनाएका थिए भने गृहमन्त्री तथा पार्टी सचिवालय सदस्य रामबहादुर थापाले दुई अध्यक्षको प्रस्तावलाई समर्थन जनाउदैपार्टीभित्र गुट सक्रिय भएका कारण समस्या भएकाे बताएका थिए ।
महासचिव विष्णु पौडेलले पनि छिटै महाधिवेशन गर्ने दुई अध्यक्षको प्रस्ताव ठीक भएको बताएका थिए ।
बैठकमा अध्यक्षकाे प्रस्तावकाे पक्ष र विपक्षमा सचिवालय सदस्यहरू बिभाजित भएपछि अध्यक्षद्वयलाई लिखित प्रस्ताव ल्याउन सचिवालयका अन्य सदस्यहरुले सुझाव दिएका थिए ।
बालुवाटारको सचिवालय बैठक सकेलगत्तै ओली र दाहाल राष्ट्रपति शीतल निवास पुगेका थिए ।पार्टीभित्रकाे विवादमा राष्ट्रपतिलाइ मुछ्नेगरेकेामा अन्य सचिवालय सदस्यहरूले असन्तुष्टि समेत जनाएकाे स्राेतले बताएकाे छ ।
बैठकपछि प्रवक्ता श्रेष्ठले भने, “बैठकमा पार्टीभित्र देखापरेका समस्याका बारेमा राम्रोसँग छलफल भएको छ । अझ छलफल गरेर पार्टी एकतालाई रक्षा र सृदृढ गर्ने र आजको समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेशअनुसार अगाडि बढ्ने विषयमा केन्द्रित भएको छ । त्यो जनादेशअनुसार काम गर्ने गरी पार्टीको सङ्कट निवारण गर्न अझ थप छलफल गर्ने निष्कर्ष निकालेको छ ।”
श्रेष्ठका अनुसार बैठकमा भोलि (आइतबार) पूर्वानिर्धारित स्थायी कमिटीको बैठक अपराह्न ३ बजे नै जारी राख्ने सहमति भएको छ । गत असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको छ । सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । चार घण्टा बालुवाटारमा बसेको बैठकमा समग्र पार्टीको सङ्कटका बारेमा छलफल भएको थियो ।