नेकपा सचिवालय बैठक सकियाे, ठाेस सहमती हुन सकेनः स्थायी कमिटिबाटै बिवाद समाधान गर्ने

नेकपा सचिवालय बैठक सकियाे, ठाेस सहमती हुन सकेनः स्थायी कमिटिबाटै बिवाद समाधान गर्ने

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएकाे छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म चलेकेा बैठकमा स्थायी कमिटी र पार्टीमा आएका विभिन्न विचारलाई सम्बोधन गर्नेगरी सहमति गर्नुपर्छ भन्ने विषयमा छलफल भएकाे थियाे ।

बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिकै आधारमा समाधान गर्ने विषयमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी भित्रको संकट समाधान गर्न सकिन्छ भन्ने विषयमा पार्टीका अध्यक्ष र साथीहरुले विचार राखेकाे प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पक्ष  सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएकाे बताइएकाे छ । ‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

भाेलीकाे स्थायी कमिटि बैठक पनि पूर्व निर्धारित तालिका अनुसार नै बस्ने श्रेष्ठले बताए ।  स्थायी कमिटी बैठक आइतबार अपरान्ह ३ बजेपछि बस्दैछ ।

यसैबीच, बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेको स्रोतले बतायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ