नेपालमा कोरोना संक्रमित घट्दै, आज ५७ जना मात्रै थपिए

नेपालमा कोरोना संक्रमित घट्दै, आज ५७ जना मात्रै थपिए

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

साउन ३ काठमाण्डौं । नेपालमा कोराना संक्रमितको संख्या दर घट्दै गएको छ । आज ५७ जना मात्र संक्रमित थपिएका छन् ।

देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ३ सय ३१ जनामा भएको परीक्षणका क्रममा ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

कोरोनाबाट हाल सम्म ४० जनाको मृत्यु भईसकेको छ भने ११ हजार ६ सय ३७ निको भएर घर फर्किएका छन् ।

अब आईसोलेसनमा ५ हजार ८ सय २५ जना मात्र रहेका छन् ।

यसैबीच यस अघि कोरोना मुक्त घोषणा गरिएको तेह्रथुम जिल्लामा फेरी कोरोना संक्रमित देखिएका छन् । आज भएको परीक्षणमा दुई जना संक्रमित देखिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ