भारतीयहरुद्धारा नेपालीमाथि ज्यादती, जबरजस्ती कपाल मुडेर लेखिदिए जयश्रीराम

भारतीयहरुद्धारा नेपालीमाथि ज्यादती, जबरजस्ती कपाल मुडेर लेखिदिए जयश्रीराम

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.6K
    SHARES

काठमाडौं, साउन ३ । नेपाल र भारतबीच सीमाबाट शुरु भएको विवाद अयोध्या र भगवान रामको बिषयमा समेत प्रवेश गरे पछि भारतीयहरुले रोजगारीका लागि या विभिन्न कारणले त्याहाँ रहने नेपालीमाथि आपराधीक ज्यादती शुरु गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको भनेर अभिव्यक्ति दिएको बिरोधमा अतिवादी हिन्दु भारतीयहरुले नेपालीहरुलाई ज्यादती गर्दै उनीहरुको कपाल मुडेर टाउकोमा जय श्रीराम् लेखिदिएर नाराबाजी गर्न बाध्य पारेका छन् ।

सामाजिक सञ्जालमा भाईरल बनिरहेको भिडियोमा देखिए अनुसार विश्व हिन्दु सेना नामक अतिवादी संगठनका कार्यकर्ताले नेपालीहरुलाई जबरजस्ती कपाल मुडेर नाराबाजी गर्न लगाएका छन् ।

अमानवीय व्यवहार नेपालीमाथि गरेका ती उत्श्रृखल हिन्दुवादीहरुले नेपालका प्रधानमन्त्री ओली बिरुद्ध पनि नाराबाजी गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी