काठमाडौँ, २ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमतीकाे प्रयास गर्ने भनेपछि स्थगित गरिएकाे जनाइएकाे छ ।
स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।अधिकाशं स्थायी कमिटी सदस्यहरु बालुवाटार गएका थिए । तर बैठक स्थगित गरिएको सूचना पाएसँगै केही घर फर्किएको बताइएकाे छ । अधिकांश स्थायी कमिटी सदस्यले भने बैठक सरेको सूचना नपाएको बताएका छन् ।
केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार ओली र दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline