आज नेकपा स्थायी समितिको बैठक, सबै सदस्यले बोल्ने मौका पाउने

आज नेकपा स्थायी समितिको बैठक, सबै सदस्यले बोल्ने मौका पाउने

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

साउन २ काठमाण्डौं । आन्तरीक विवाद चरम भए पछि रोकिदै बस्दै आएको नेकपा स्थायी समितिको बैठक आज पुनः बस्दै छ । बिहान ११ बजे पछि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा आज सबै सदस्यहरुलाई बोल्न दिने तयारी भएको स्रोतले जनाएको छ ।
नेकपामा स्थायी समितिमा ४५ सदस्य रहेका छन् । त्यस मध्य एक सदस्य अग्नी सापकोटा सभामुख भए पछि हाल ४४ सदस्य रहेका छन् । आधा जसोले बैठकको शुरु चरणमै बोलेका थिए । ती मध्य धेरै जसोले प्रधानमन्त्री ओलीको दुबै पदबाट राजीनामा मागिए पछि नेकपा विवादमा फसेको थियो र बैठक स्थगित हुदै आएको थियो ।
आजको बैठकमा पनि प्रचण्ड, रा नेपाल, झलनाथ खनाल, वामदेव गौतम , नारायणकाजी श्रेष्ठ सहितका नेताले शुरु देखि माग गर्दै आएको प्रधानमन्त्रीको राजीनामाका बिषयमै बहस हुने देखिएको छ ।
बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा मागे पछि ओली स्थायी समितिको बैठकमा नआई ससदको हिउदे अधिवेशन अन्त्य गर्न पुगेका थिए ।
त्यस पछि सहमतिको प्रयास भन्दै स्थायी समितिको बैठक रोक्दै ओली प्रचण्डबीच पटक पटक छलफल भए पनि सहमतिको बिन्दु अझै फेला परेको छैन ।
प्रचण्ड माधव पक्षले ओलीले कुनै एक पदबाट भए पनि राजीनामा दिनु पर्ने अडान राखिरहेका छन् भने ओलीले जुनसुकै चुनौतीको सामना गर्ने तर राजीनामा नदिने अडानमा यथावत रहेका छन् ।
आजको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने बिषयमा पनि छलफल गर्ने बताईएको छ ।

असार १० गते शुरु भएको बैठकमा एमसीसी लगायतका एजेण्डामा छलफल गर्ने भनिए पनि प्रधानमन्त्रीले आफूलाई हटाउन भारतीय दुतावास र पार्टीकै नेताहरु सक्रिय भएको अभिव्यक्ति दिए पछि एकाएक राजीनामा माग शुरु भएर स्थगित हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ