वाग्मतीका मुख्यमन्त्री तथा मन्त्रीबीच कार्यसम्पादन करार

वाग्मतीका मुख्यमन्त्री तथा मन्त्रीबीच कार्यसम्पादन करार

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

वाग्मती, १ साउन । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरुले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रतिबद्धतासहितको करारपत्र बुझाउनुभएको थियो भने मुख्यमन्त्री पौडेल र मन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले तोकिएको अवधिमा यति काम गर्न सक्छु भनेर अग्रीम प्रतिबद्धता गरिएपछि योजनाले मूर्तरुप पाउन सहज हुने धारणा राख्नुभयो । कार्यसम्पादन करारले मन्त्री तथा मन्त्रालयका कर्मचारीलाई काम गर्न नैतिक दवाव दिने भएकाले प्रदेशको नीति तथा योजना पूरा गर्न मद्दत गर्ने उहाँको भनाइ थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलाल तथा मुख्यमन्त्री पौडेलबीच करार सम्झौता भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ