काठमाडौँ, १ साउन । कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ स्वीकृत भएकाे छ ।
असार २९ गतेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेसँगै कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले रोजगारदाताले खर्च नबेहोर्ने र टिकट काट्न हैसियत नभएका कामदारले मात्र यस्तो सुविधा पाउने बताउनुभ याे ।
बैठकले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न जग्गाको स्वामित्व नेपाल सरकारलाई नै रहने गरी प्रदेश सरकारलाई उपयोगका लागि उपलब्ध गराउने निर्णय पनि गरेकाे छ ।
त्यस्तै नारायणगढ-बुटवल सडकखण्ड विस्तार/स्तरोन्नतिका लागि रुख बिरुवाहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको उनले जानकारी दिनुभयाे ।
https://www.mirmireonline.com/wp-content/uploads/2020/07/%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD-%E0%A4%B8%E0%A4%BE%E0%A4%B2-%E0%A4%85%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A5%A8%E0%A5%AF-%E0%A4%97%E0%A4%A4%E0%A5%87%E0%A4%95%E0%A4%BE-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B7%E0%A4%A6%E0%A5%8D-%E0%A4%AC%E0%A5%88%E0%A4%A0%E0%A4%95%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%AF%E0%A4%B9%E0%A4%B0%E0%A5%82-mirmireonline.com_.pdf