काठमाडौँ, १ साउन । आज थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
यस्तै २४ घन्टामा २१३ जना डिस्चार्ज भएका छन् । यो सँगै बिहीबारसम्म कोरोना निको भएर घर जानेको संख्या ११ हजार २४९ पुगेको छ । यो कुल संक्रमितको आधारमा ६४। ८५ प्रतिशत हो ।
प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २७ प्रयोगशालामा ४ हजार ९८१ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । उहाँले नेपालमा ६ हजार ५६ आइसोलेसनमा र २३ हजार ५०० क्वारेन्टाइनमा रहेको बताउनु भयो ।
आज झापा ४, सुनसरी ४, उदयपुर १, इलाम ६, मोरङ ३, ओखलढुंगा १५,धनुषा २७,पर्सा २,बारा १, रौतहट ६, काठमाडौं १, नवलपरासीपूर्व १७,रौतहट ६,मकवानपुर ६,बागलुङ २,स्याङ्जा १, रुपन्देही १, प्यूठान १,बाँके ८, सुर्खेत ३, बर्दिया १, दाङ १, दैलेख ६, रुकुमपश्चिम १, सल्यान २, जजारकोट २, मुगु १, डडेलधुरा ८, अछाम ४, कैलाली १४, कन्चनपुर १४ र बझाङ १ जनामा संक्रमण देखिएको हो ।