साउन १ काठमाण्डौं । असार १० पछि निरन्तर विवादमा रहेको नेकपा भित्र सहमतिको प्रयास स्वरुप आज शीर्ष तीन नेताबीच छलफल शुरु भएको छ । तीनै नेताहरुबीच पार्टीभित्र सहमति कायम गर्न नयाँ विकल्पबारे कुराकानी हुने अपेक्षा गरिएको छ ।
ओलीले दुबै पदबाट राजीनामा दिन नमानिरहेका बेला प्रचण्ड र माधव नेपाल पक्ष कुनै एक पदबाट भए पनि राजीनामा गराउने प्रयत्नमा रहेको स्रोतको दाबी छ ।
बुधबार पनि अध्यक्षद्वय ओली र दाहालबीच भेट भएको थियो। तर, निष्कर्ष ननिस्किएपछि नेता नेपाल सहित भेटवार्ता गर्ने तय भएको थियो ।
असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ ।
पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ । नेकपाका दुई अध्यक्ष १८ असार यता सात पटक बालुवाटारमा वार्तामा बसे पनि निष्कर्ष आउन सकेको छैन ।
नेताहरु सहमति जे भए पनि भोलीको स्थायी समिति बैठक बस्ने वातावरण बनाउने पक्षमा रहेको बुझिएको छ ।