नाता पर्ने १६ बर्षे किशोरीलाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष शाही पक्राउ, मेडिकल रिपोर्ट आउन बाँकी

नाता पर्ने १६ बर्षे किशोरीलाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष शाही पक्राउ, मेडिकल रिपोर्ट आउन बाँकी

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

असार ३१ कालिकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ का वडा अध्यक्ष एक १६ बर्षे किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
पीडित पक्षबाट उजुरी दर्ता भए पछि गएराति नियन्त्रणमा लिएर कालिकोट प्रहरीले अध्यक्ष शाहीलाई हिरासतमा राखेको छ । तर वडा अध्यक्ष शाही र उनका परिवारले यो आरोप अस्वीकार गरेका छन् ।
वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । कोरोनाका कारण पीडित किशोरीको मेडिकल रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाका मेयर जसी प्रसाद पाण्डेले मिर्मिरेलाई बताए । वडाध्यक्ष शाही पूर्व एमाले तथा नेकपाका कार्यकर्ता समेत हुन् ।
उनलाई उजुरी दिने पीडित पक्ष पूर्व माओवादी र अहिले नेकपा समर्थक नै रहेको बुझिएको छ ।
मेयर पाण्डेका अनुसार वडाअध्यक्ष अलि भोक्की स्वभावको भएको र केही कुरा नमिल्दा रिसिईविले यस्तो उजुरी परेको भन्ने एकापट्टिीको कुरा रहेको र अर्को पट्टिीबाट घटना भएकै हो भन्ने दाबी रहेकाले यसै भन्न नसकिने बताए ।
तर वडा अध्यक्ष शाहीको रिक्त स्थानमा वडा सदस्य मन सिंह शाहीलाई अहिले कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी दिईएको पनि मेयर पाण्डेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ