असार ३१ काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन लगायतका नेतालाई रिहा गर्न र पार्टीमाथिको प्रतिवन्ध खारेज गर्न माग गरेका छन् ।
बास्तोलाले आज एक विज्ञप्ति जारी गरी पार्टीका नेता र कार्यकर्ताहरूको गिरफ्तारी र दमन गर्ने फासिवादी अभियानको निरन्तरतामा आज असार ३१ गते बिहान कैलालीको फूलबारीबाट पार्टीको काममा हिँडिरहेका हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज कमरेड ओमप्रकाश पुन मगर र महिलानेत्री पूर्णिमा पुनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गिरफ्तार गरेको भन्दै उक्त माग गरेका हुन् ।
साथै उनले वर्तमान ओाली सरकारलाई पनि बर्खास्त गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी फासिस्ट, दलाल पुँजीवादी सरकारलाई स्पष्ट गर्न चाहन्छ– हाम्रो पार्टीका भर्खरै गिरफ्तार गरिएका कमरेड ओमप्रकाश पुन, पहिले गिरफ्तार गरिएका कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, कमरेड शिलुलगायत देशका सम्पूर्ण राजबन्दीहरूको रिहा गरियोस्, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको कथित प्रतिबन्ध खारेज गरियोस् र जनविरोधी, भ्रष्टाचारी तथा दलाल सरकारलाई बर्खास्त गरियोस् ।’
क्रान्तिकारी पार्टी र जनतामाथि दमन गरेर देशलाई ब्रह्मलुट गर्ने र जनतालाई कङ्गाल बनाउने, देशलाई साम्राज्यवादीहरूको क्रीडास्थल बनाएर कुर्सीमा चिप्किरहने, छिमेकमा समेत अस्थिरता पैदा गर्नेस देशको शासनप्रणाली साम्राज्यवादीको हातमा दिने र देशलाई पराधीन बनाउने दलालहरूको हर्कत किमार्थ स्वीकार्य नभएको पनि बास्तोलाले बताएका छन् ।
आफ्नोे पार्टीमाथिको प्रतिबन्ध खारेज गर्न माग गर्दै फासिवादी बाटोमा हिँडेको केपी सरकारको बर्खास्तीको माग गरेका छन् । यसो नगरिएमा आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने चेतावनी बास्तोलाले दिएका छन् । विज्ञप्तिको पूर्ण पाठ :
